ताजा समाचार

झाडू बोकेर लालबाबु पण्डित एकाबिहानै सडकमा निस्किएपछि… (फोटो फिचर)

काठमाडौं, २७ पुस । सामान्य प्रशासनमन्त्री हुँदा चर्चामा आएका लालबाबु पण्डित हातमा झाडू लिएर सडकमा निस्किएका छन् । पण्डित बिहीबार बिहानै हातमा झाडू लिएर तीनकुनेको सडकमा निस्किएका हुन् । एकछिनमा उनलाई साथ दिनेहरु थपिए ।

हातमा झाडू र फोहोर हाल्ने टोकरी बोकेको यो समूहले बिहानभर सडक सफा गर्दै हिँड्यो । क्लिन काठमाडौं अभियान अन्तरगत कोटेश्वरदेखि माइतीघर मण्डलासम्मका सडक बिहीबार बिहान सफा गरिएको छ । ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ अभियान सुरू भएको हो ।

अभियानमा एमाले नेता लालबाबु पण्डित, काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीका साथै विद्यार्थी, सुरक्षाकर्मी लगायतले सहभागिता जनाएका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org