ज्ञानेन्द्र र उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ भेटका मुख्य योजनाकार खुमबहादुर खड्का
काठमाडौं, २७ पुस । उपचार गर्न भन्दै भारत पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता गराएको खुलासा भएको छ ।
मृगौलाको उपचार गर्ने भन्दै गत आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका कांग्रेस नेता खड्काले उत्तरप्रदेश आएर पूर्वराजा ज्ञानेन्द्र शाह र योगी आदित्यनाथबीचको भेटघाटको चाँजोपाँजो मिलाएको उच्च स्रोतले जनाएको खबर यूनाइटेड पोष्ट साप्ताहिकमा छ ।
हिन्दूराष्ट्रको अभियान नै चलाएका नेपाली कांग्रेसका नेता खड्काले मुलुकमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताउँदै आएका छन् । खड्काकै डिजाइनमा पूर्वराजा ज्ञानेन्द्र शाह मध्य र सुदूरपश्चिमका जिल्लाहरूको भ्रमणमा गएको बताइएको छ ।
खड्काको आग्रहपछि पूर्वराजा शाह दाङ जिल्लामा रहेका गुरु गोरक्ष रत्ननाथ र अम्बिेश्वर मन्दिरको दर्शन गरेर फिर्ता भएका थिए । पूर्वराजा शाहले दाङको घोराहीस्थित चौधेरमा रहेको गुरु गोरक्षरत्ननाथ बाबाको मन्दिरमा पुगेर पूजा गर्नुको ठूलो रहस्य छ ।
गुरु गोरक्षरत्ननाथ बाबाको मन्दिरबाट प्रत्येक वर्ष फागुनमा मूर्ति लिएर योगी आदित्यनाथ महन्थ रहेको उत्तरप्रदेशको तुलसीपुरस्थित मन्दिरमा जाने गरिन्छ । यो परम्परा झण्डै एक समय वर्षदेखि चल्दै आएको छ । खड्काकै डिजाइनमा पूर्वराजा शाहले योगी आदित्यनाथलाई प्रभावमा पार्न चौघेरामा रहेको गुरु गोरक्षरत्ननाथ बाबाको मन्दिरमा पुगेर दर्शन गरेका थिए ।
त्यसपछि पूर्वराजा शाह नेपालगञ्जको रुपैडिहवा हुँदै उत्तरप्रदेश पुगेर योगी आदित्यनाथसँग भेटेको खड्काका एकजना सहयोगीले बताए । आउने फागुन महिनामा पनि गुरु गोरक्षरत्ननाथ बाबाको मूर्तिलाई कृष्णानगर हुँदै तुलसीपुर लगिनेछ ।
माओवादी द्वन्द्व हुनुभन्दा अगाडि घोराहीबाट लमही, गढवा, कोइलाबास हुँदै गुरु गोरक्षरत्ननाथ बाबाको मूर्तिलाई पूजारीले काखमा राखेर हिँडेर उत्तरप्रदेशको तुलसीपुरसम्म पु९याउने परम्परा थियो ।
माओवादीको धम्कीका कारण हिँडेर जाने परम्परालाई थाँती राखेर बसबाट जाने गरिएको छ । दाङ जाने बेला पूर्वराजा नेपाली कांग्रेसका नेता खड्काको निवास सत्बरिया हुँदै घोराही पुगेका थिए । सत्बरियामा खड्काको घर पर्छ ।
सत्बरियामा केही समय स्थानीयसँग भलाकुसारी गरेर पूर्वराजा शाह लमही हुँदै घोराही गएका हुन् । सत्बरियामा पूर्वराजा शाह आएर केही समय बसेका थिए । तर, खड्काको डिजाइनमा पूर्वराजा शाह आएको सूईको कसैले पाएका छैनन् ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...