ताजा समाचार

रौतहटमा चिसोले कठ्यांग्रिएर मर्नेको संख्या ११ पुग्यो

रौतहहट, २७ पुस । रौतहटमा चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । लगातारको शीतलहर र न्यून तापक्रमले गर्दा रौतहटमा कठ्यांग्रिएर मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

जिल्लाको दक्षिणी भाग पूर्ण रुपले शीतलहरको प्रभावमा परेको छ । उतरी क्षेत्र चन्द्रनिगाहपुर र आसपासका क्षेत्रमा घाम लागे पनि सदरमुकाम गौर तुषारो र कुहिरोले ढाकिएको छ । गरीब तथा विपन्न वर्गका परिवारहरु चिसोले सबै भन्दा बढी प्रभावित बनेका छन् भने पुराना रोगी, उच्चरक्तचाप, मुटुरोग तथा दमका बिरामीहरु थला पर्न थालेका छन् ।

बुधवार मात्रै रौतहटमा कठ्यांग्रिएर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बुधवार रौतहटको परोहा नगरपालिका ७ रामपुरखापका ६० वर्षीय रामलगन प्रसाद पटेल, गौर नगरपालिका ४ टिकुलियाका ७० वर्षीया सिया देवी तथा गढीमाई नगरपालिका ७ धनारी टोलका भिक्षु ठाकुर हजामको चिसोकै कारण मृत्यु भएको रौतहटका एसपी यज्ञ विनोद पोखरेलले जानकारी दिए ।

रौतहटको परोहा नगरपालिका वडा नम्वर २ जिगडवाका ४५ वर्षीय शेख समिम, वडा नम्बर ९ का ७० वर्षीया नसिरुल्लाह खातुन, ६५ वर्षीया मरठिया देवी कुर्मी, राजदेवी नगरपालिका ९ ब्रहृमपुरीका ६४ वर्षीय अकल प्रसाद सिंह, गढीमाई नगरपालिका वडा नम्बर १ समनपुरमा संचालनमा रहेको इँटा उद्योगमा कार्यरत सर्लाही रामवन घर भएका ५५ वर्षीय नेक महम्मद अलि, गढीमाई नगरपालिका वडा नम्बर ४ सुन्दरपुरका ५५ वर्षीय महर्जन ठाकुर हजाम, गुजरा ७ प्रतापुर पल्टुवाकी फूलकुमारी देवी, दुर्गाभगवती ८ बडहर्वाकी सकली देवीको अत्यधिक जाडोका कारण मृत्यु भईसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org