ताजा समाचार

मन्त्रीपरिषद् बैठकमा देउवाले आन्दोलन झन चर्किने भनेपछि प्रदेश प्रमुख र केन्द्र तोकिएन्

काठमाडौं, २८ पुस । सरकार प्रदेश प्रमुख र केन्द्र डराएको छ । देशभरी चर्किरहेको आन्दोलन र दवावका कारण सरकार तत्काल प्रमुख र केन्द्र तोक्न डराएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन नजिकिदै गर्दा समेत प्रमुख र केन्द्र नहुँदा निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गर्न ढिलाई गरिरहेको छ ।

जसका कारण निर्वाचनका मतदाताले प्रदेश सभा सदस्यको सपथ लिन पाएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिहदरवारमा आज विहान बसेको मन्त्रीपरिषद्को बैठकले प्रमुख र अस्थायी केन्द्र तोक्न सकेन् ।

बैठकपछि सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले आजको बैठकबाट त्यसको कुनै निर्णय नभएको जानकारी दिए । सम्भवतः आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने छ ।

दलिय सहमति नभए आन्दोलनबाट सरकारको बदनामी हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पुन अन्य दलसँग छलफल गरिने जानकारी बैठकमा गराएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org