ताजा समाचार

२०३६ सालमा छिन्ताङमा मारिएका १६ जनालाई ३८ वर्षपछि सहिद घोषणा

काठमाडौं, २८ पुस । सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले २० कात्तिक २०३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको हो ।

धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप वामपन्थीहरूले लगाउँदै आएका बेला सरकारले मृतकहरूलार्इ सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

छिन्ताङ काण्डमा गोपालआनन्द राई, भैरवबहादुर खालिङ, बलबहादुर खत्री, चन्द्रबहादुर दमाई, गम्भीरमान दर्जी, गंगाबहादुर राई, टंकबहादुर विश्वकर्मा, धनवीर दमाई, लाखमान साधु राई, रणध्वज पुमा राई, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, पुत्रमान थुलुङ, श्रीमाया राई, झगेन्द्र राई र रामकुमारी राई मारिएका थिए ।

http://news-nepal.com/728872-2/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org