ताजा समाचार

नारायणी उपक्षेत्रीय अस्पतालका १४ सटरमा प्रशासनद्वारा सिल

वीरगञ्ज, २८ पुस । नारायणी उपक्षेत्रीय अस्पतालका १४ पसल सिल गरिएको छ । स्थानीय प्रशासनले नारायणी उपक्षेत्रीय अस्पतल परिसरमा सञ्चालनमा रहेका १४ वटा औषधि र नास्ता पसलमा शुक्रबार सिल गरेको हो ।

पटक पटक अस्पताल व्यवस्थापन समितिले अस्पतालको सटर खाली गरिदिन गरेको आग्रहलाई अटेर गरेपछि प्रशासनले १४ वटा सटर सिल गरिदिएको हो । प्रशासनले सटरमा सिल लगाउने जानकारी पाएका औषधि तथा नास्ता पसलेहरुले शुक्रबार अबेरसम्म औषधि पसल खोलेका थिएनन् ।

प्रशासनले कडा सुरक्षा व्यवस्था गरेर सटरहरुमा लहाछाप लगाइदिएको छ । प्रशासनको निर्देशनमा अस्पताल हाताभित्र रहेका सटरहरु सिल गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिश कर्णले जानकारी दिए ।

व्यवसायीहरुको औषधि र नास्ता पसलका समान सबै सटर भित्रै छ । योसँगै अस्पताल र सटरवालाहरुबीच लामो समयदेखि चलिरहेको द्वन्द्वले नयाँ मोड लिने भएको छ । अस्पताल हाताभित्र रहेका औषधि पसलहरूले मासिक २ हजारदेखि २० हजारसम्म भाडा तिर्ने गरेको लेखा शाखाले जनाएको छ ।

अस्पताल प्रशासनले सटरधनीहरुसँगको सम्झौता सकिएको भन्दै पटक पटक सटर खाली गर्न आग्रह गर्दै आएको थियो । तर, सटरधनीहरुले अटेर गर्दै आएका थिए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org