ताजा समाचार

दिल निशानी मगरले पृथ्वीनारायण शाह नचिन्नु र ‘फेसबुक वार’

काठमाडौं, २८ पुस । बिहीबार अर्थात पौस २७ गते राष्ट्र एकिकरणका अभियान्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाईयो । बाईसे र चौविसे राज्यमा विभाजित नेपाललाई एकिकरण गरेर सिंगो नेपाल बनाउने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवस भनेर मनाईयो । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण समेत गरिन् ।

सरकारी स्तरबाटै पृथ्वीजयन्ती मनाईरहेका बेला आदिवासी जनजातीहरुले भने राष्ट्रिय एकता दिवसकै दिन विरोध दिवस मनाए । आफुहरुको वंश ध्वस्त पारेको भन्दै उनीहरुले राष्ट्रिय एकता दिवसको विरोध गरे । यो दिवसलाई लिएर विभिन्न टिकाटिप्पणी समेत भए ।

यसैबिच विभिन्न विषयमा कलम चलाउँदै आएका पत्रकार तथा विश्लेषक दिल निसानी मगर विवादित बनेका छन् । उनले पृथ्वीनारायण शाहप्रति गरेको टिप्पणीपछि विवादित बनेका हुन् । पृथ्वीनारायण शाहको बारेमा दिल निशानीले नकारात्मक टिप्पणी गरेपछि उनको चर्को आलोचना भईरहेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नकारात्मक टिप्पणी गरेका हुन् ।

त्यस्तै त्रिभूवन पौडल भन्छन्,’भड्किलो कुरा नगर हो दिल ब्रो। जुन देशमा टेकेर यो लेख्दैछौ नि त्यो जोड्ने काम त पृथ्वीले नै गरेका हुन नि ब्रो ।’

उनले फेसबुकमा गरेको टिप्पणीपछि उनलाई अत्यन्तै नराम्रा नराम्रा कमेन्टहरु आएका छन् । कमेन्ट गर्ने अधिकांशले उनलाई विदेशी दलालको संज्ञा दिएका छन् भने केहीले पागल समेत भनेका छन् । पृथ्वीनारायणको बारेमा लेख्दै दिल निशानीले भनेका छन्,’पृथ्वीनारायण शाहले नेवार मात्रै २८ हजार मारे। अनि यिनले राष्ट्रिय एकता चाँहि को संग गरे ? ढुगा माटो संग ? आज नेपालको पहिचान के हो ? पशुपतिनाथको हगुरे जोगी ?’

यो स्टाटसपछि आएका थुप्रै कमेन्टमा समेत उनले प्रतिउत्तर दिएको पाईन्छ । केही समय अगाडि पत्रकार तथा सिधा कुरा जनतासँगका सञ्चालक रबि लामिछाने विरुद्ध खनिएका दिल निशानीको यो स्टाटसले उनी झन समस्यामा परेका हुन् । उनको स्टेटसमा कमेन्ट गर्दै सुरेस जिसी लेख्छन्,’पत्रकार जस्तो मान्छे ले यस्तो अमान्य कुरा गरेको अलि सुहायन।’

बानिया प्रकाश नाम गरेका भन्छन्,’एकिकरण र पृथ्वीनारायण शाहको बिरोध गर्नेहरु खाली जातिबादी राजनीति गर्नेहरु मात्र देखिएको छ, उनीहरु कै जातको भाईदिएको भए शायद बिरोध गर्दैन थे होला- हामी नेपाली नेपाली एक हौ, जाती बादीलाई लखे ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org