गगन थापाको गतिविधिले कम्युनिष्टलाई फाईदा भयो भन्दै कारबाहीको तयारी, के साँच्चै होला त ?
काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्मा र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरज राणा देउवाविरुद्ध अनर्गल प्रचारबाजी गरेर पार्टीलाई क्षति पुर्याएको आरोप लागेको छ ।
विश्वप्रकाश शर्मालाई पार्टीको विधानअनुसार देउवाले मंगलबार प्रवक्तामा नियुक्त गरेपछि गगन समूहले सभापति शेरबहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा र आरजु राणा देउवाविरुद्ध विभिन्न खालका भ्रामक सन्देशहरू फैलाएको हो । नेपाली कांग्रेसका एकजना केन्द्रीय सदस्यले गगन थापामा अहँताले बास गरेको आरोप लगाए ।
‘गगनजीले गुटगत भेला गर्नुभयो । विशेष महाधिवेशन माग गर्नुभयो । कम्युनिष्टहरूलाई फाइदा पुग्ने गरेर कांग्रेसको नीति र सिद्धान्तविरुद्ध अभिव्यक्ति दिँदै आउनुभएको छ’, नाम उल्लेख नगर्ने सर्तमा ती केन्द्रीय सदस्यले भने, ‘उहाँका विरुद्ध धेरै गुनासो र उजुरीहरू आइरहेको छ । अब अनुशासनको कारबाही गर्नुभन्दा अर्को विकल्प देखिएन ।’
पार्टीको विधान विपरित गएर जथाभावी बोलेको भन्दै गगन थापाविरुद्ध अनुशासनको कारबाही गर्नुपर्ने र लगाम लगाउनुपर्ने माँग उठेको एक नेताले बताए । शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने भन्दै गुटगत भेला आयोजना गरेका गगन थापाले बाबुराम भट्टराई, रविन्द्र मिश्रहरूसँग मिलेर डा. गोविन्द केसी प्रकरणमा सर्वोच्च अदालतविरुद्ध व्यक्तिगत चर्चा हाँसिल गर्ने उद्देश्यले जथाभावी बोलेको आरोप छ ।
कांग्रेसले सधै न्यायपालिकाको स्वतन्त्रतामाथि आँच आउन नदिएको भन्दै नेताहरूले गगन थापाले कसैको उक्साहटमा न्यायालयमाथि नै धावा बोलेको आरोप लगाए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान जम्मा भएका कांग्रेसका नेताहरूले कांग्रेसको नीति र सिद्धान्त विपरित गगन थापाका गतिविधि एवम् क्रियाकलापहरू हुन थालेको भन्दै चिन्ता जनाएका थिए ।
जवाफमा सभापति देउवाले ‘युवा नेताहरू भनेर सबैले उचाल्छन् त्यही भएर होला गगनजीहरूमा अहँता आएको’ उल्लेख गरेका थिए । बैठकमा सहभागी एक नेताले भने, ‘गगनजीले युवाहरूले नेतृत्व लिनुपर्ने भन्दै विधान विपरित भेला आयोजना गर्नुभयो, त्यतिमात्रै होइन चर्चाको लागि उहाँले पार्टी नेतृत्व विरुद्धमा बोल्नुभयो, यो गलत हो, पार्टीको विधान, नीति, सिद्धान्त र अनुशासन बाहिर गएर बोल्न पाइँदैन, त्यस्तै गतिविधि गरेकोले उहाँलाई कारबाही गर्नुपर्छ भन्ने माँग साथीहरूले गर्नुभयो, यस विषयमा सोचेर निर्णय लिने समझदारी भएको छ ।’
Comments
अरु समाचार
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...