ताजा समाचार

प्रधानन्यायाधीश पराजुलीको बचाउँ गर्दै बार एसोसिएसनले निकालो यस्तो वक्तव्य

काठमाडौं, २८ पुस । नेपाल बार एशोसिएसनले डा. गोविन्द केसीको मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गरेको छ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको बचाउँ गर्दै न्यायालयमाथि दबाव नदिन डा. गोविन्द केसीलाई आग्रह गरेको छ ।

सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई साधारण तारेखमा रिहा गरेपछि पनि अनशन जारी राख्नु स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय भएको नेपाल बार एसोसिएसनको ठहर छ । तर, एसोसिएसनले प्रधान न्यायाधीशको आचरण र उनीमाथि उठेको प्रश्नबारे भने मौनता साँधेको छ।

एसोसियसनले शुक्रवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘डाक्टर केसीलाई आमरण अनशन जारी राखेकाले आमरण अनशन नबस्न नेपाल बार एसोसिएसन अनुरोध गर्दै सबै प्रकारको दबाव र प्रभाव स्वतन्त्र नयायपालिकाको लागि अशोभनीय हुने हुँदा यस प्रकारको कार्य नगराउनु होला।’

बारले केसीको नाम नलिई भनेको छ, ‘आफ्नो अनुकुलतामा फैसला आदेश नभए प्रधानन्यायाधीशको राजीनामा माग गर्ने, माग पुरा नहुन्जेलसम्म आमरण अनसन जारी राख्ने जस्ता विषयबस्तुले प्रश्रय पाउने हो भने र त्यसलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने कुन विषयबस्तु कुन ठाउँमा उठाउने, कसले उठाउने र उपचार पाउने माध्यम के हो भन्ने विषयमा जटिलता मात्र देखिने नभई गलत प्रक्रिया र पद्दतीको विकास हुनेतर्फ ध्यानाकर्षण गराइन्छ ।’

महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रकारको दबाव र प्रभाव स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय हुने हुँदा यस प्रकारका कार्य नगर्न अपील गर्दछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org