ताजा समाचार

हेर्नुहोस् संखुवासभा जीप दुर्घटनाका हृदयविदारक चार तस्विर

संखुवाभास, ३० पुस । संखुवासभामा जीप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाको ज्यान गएको छ । सदरमुकाम खाँदवारीबाट भूकम्प पुर्ननिर्माण प्राधिकरणको बा५च १३०९ नम्बरको पिकअप जीप बरुण नदीको उद्गमस्थल नजिकै लाग्ने बरुण मेलातर्फ जाँदै गरेको अवस्थामा मकालु गाउँपालिका अन्तर्गत सामाटार भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मकालु गाउँपालिका अध्यक्ष एवं एमाले नेता खड्ग बहादुर कटुवालसहित पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ । सदरमुकाम खाँदबारीबाट गएको जीप भोटखोला गाउँपालिका ३ मा पर्ने सामाटार भन्ने स्थानमा दुर्घटना भएको हो ।

जीपमा समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनीयर सुदीप ढकाल र चालक पनि सवार थिए । भुकम्प पुननिर्माण सम्बन्धि तालिम दिन उनीहरु काठमाडौंबाट जीप लिएर आएका थिए ।

दुर्घटना आईतबार १२ बजे भएको थियो । घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । जीप कसरी दुर्घटना भयो भन्ने बिषयमा जानकारी आएको छैन । यो सडक खण्डमा करिव २ महिना अघिमात्र ट्याक खोलिएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org