ताजा समाचार

आयोगले माग्यो राष्ट्रियसभाका लागि निर्वाचनमा प्रयोग गरिने दस्तखतको नमूना

काठमाडौं, १ माघ । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको मनोनयनको औपचारिक पत्रमा प्रयोग गरिने हस्ताक्षरको नमूना मागेको छ । आयोगले सोमबार सूचना जारी गर्दै दस्तखतको नमूना पेस गर्न दलहरुलाई आग्रह गरेको हो । यस्तो पत्र बुधबारभित्र बुझाइसक्नुपर्ने छ ।

उम्मेदवार मनोनयनको अधिकार प्राप्त व्यक्तिको नाम, थर, पद र दस्तखतको नमूना पेश गर्न दलहरुलाई माघ ३ गतेसम्मको समय दिएको छ । यही माघ २४ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा २१ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका अनुसार, मनोनयनको औपचारिक पत्र प्रदान गर्न दलले अख्तियारी दिएको व्यक्ति निर्वाचन आयोगमा अद्यावधिक गरिएको दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी हुनुपर्नेछ ।

राष्ट्रियसभा निर्वाचनमा भाग लिन लागेको दलले दस्तखतको नमूना बुझाउँदा केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपीसमेत पेश गर्नुपर्ने छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org