ताजा समाचार

अन्ततः आजको मन्त्रिपरिषद पनि बैठक स्थगित, अब कहिले हुन्छ प्रदेश प्रमुख नियुक्ति ?

काठमाडौं, २ माघ । आज बस्ने तय भएको मन्त्रिपरिषद बैठक सरेको छ । बैठक अब भोलि बिहान  ९ बजे बस्ने प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँग गरेको झण्डै चार घण्टा लामो छलफलपछि आजका लागि तय भएको मन्त्रिपरिषद बैठक स्थगित गरेका हुन् ।

प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद बैठक बोलाएर प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेका थिए । जसमा दलहरुवीच सहमति भए सहमतिमै र नभएपनि राजपा, फोरम र कांग्रेसका तर्फबाट प्रदेश प्रमुख नियुक्त गर्ने देउवाको तयारी थियो ।

सहमति भए उनले एमाले–माओवादीकातर्फबाट २/२ जना तथा कांग्रेस, राजपा र संघीय समाजबादी फोरमबाट एकएक जना गरेर प्रदेश प्रमुख नियुक्त गर्नेछन् । तर यो सम्भावना टरिसकेको छ । अव बिकल्पमा राजपा–फोरमबाट एकएक जना र बाँकी ५ प्रदेशमा कांग्रेसका तर्फबाट नै नियुक्ति गर्ने तयारी देउवाको छ ।

यसका लागि प्रधानमन्त्री देउवाले आज बिहानैबाट सम्भावित नाममा सहमति जुटाउन कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला लगायतसँग छलफल गरेका छन् । सो छलफलमा नेता पौडेलले आफ्नो समुहकालाई प्रदेश प्रमख नियुक्त गर्न दवाव दिएको कांग्रेस उच्च श्रोतले जनाएको छ ।

एमालेले प्रकृयामै सहभागित नजनाउने भएपछि देउवाले दोस्रो बिकल्प रोज्नुपर्ने बाध्यता छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गर्न संसदमा प्रतिनिधित्व गरेका प्रमुख ५ दलसँग नामावली मागेपनि एमालेले नाम नपठाउने भएको छ । एमाले नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्रीसँग दलीय छलफल भएपनि आफ्नो पार्टी प्रदेश प्रमुख नियुक्तिको प्रकृयामा सहभागि नहुने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org