ताजा समाचार

राष्ट्र बैँकले निकाल्ने भयो सय र हजार रुपैयाँको सिक्का

काठमाडौं, २ माघ । नेपाल राष्ट्र बैंकले एक सय र एक हजार रुपैयाँको सिक्का निकाल्ने भएको छ । त्रिचन्द्र कलेज १०० वर्ष पूरा भएको उपलक्ष्यमा एक सय र एक हजार रुपैयाँको विशेष सिक्का बजारमा ल्याउने भएको हो । मुलुककै पुरानो कलेज १०० वर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले राष्ट्र बैंकलाई सिक्काका लागि अनुरोध गरेको थियो।

केन्द्रीय बैंकको सञ्चालक समितिले सय र हजार रुपैयाँ दरका सिक्का छाप्ने निर्णय गरेको हो। दुबै सिक्का ३/३ हजार थान निस्कासन हुने छन्।  १०० रुपैयाँ दरका सिक्का क्याप्रिनिकल धातुको हुनेछ भने १००० रुपैयाँ दरको चाँदीको हुनेछ।

सिक्कामा घण्टाघर र त्रिचन्द्र क्याम्पसको भवनको प्रतिमा हुनेछ। सिक्कामा निस्कासन भएको मिति २०७४ पनि उल्लेख हुनेछ । यो सिक्का चलनचल्तिका लागि भने निस्कासन नगरिएको सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org