चिलिमे जलविद्युत् आयोजनामा चरम भ्रष्टाचार !
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले लोडसेडिङ हटाएको आवरणमा चिलिमे जलविद्युत् आयोजनालाई डुबाउने खेल खेलेका छन् । स्वदेशमा विद्युत् उत्पादन बढाएर लोडसेडिङ नहटाई भारतमा पैसा पठाएर उताबाट बिजुली ल्याएर लोडसेडिङ हटाउने भूमिका खेलेका घिसिङले जनताको रगत र पसिनाबाट बनेको चिलिमे जलविद्युत् आयोजनाको चरम दुरुपयोग गरेको भेटिएको छ ।
प्राधिकरणका एमडी घिसिङ आफैं चिलिमे जलविद्युत् आयोजनाको सञ्चालक समितिका अध्यक्ष हुन् । घिसिङकै अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले चिलिमेकै खर्चमा सञ्चालक समितिका सबै सदस्यलाई आईएसओ (इण्टरनेशनल अर्गनाइजेसन अफ स्ट्याण्डर्डाइजेसन)को तालिम लिन भन्दै लण्डन भ्रमण गर्न जान दिने निर्णय गरेको छ । त्यस्तो तालिम नेपाल र भारतमै दिइन्छ । तर, घिसिङले सञ्चालकहरुलाई लण्डन पठाएका छन् ।
उक्त निर्णयअनुसार सञ्चालक समितिका सदस्यहरु तुल्सीराम ढकाल, रामप्रसाद रिमाल, भीमप्रसाद तिमिल्सिना, प्रसाद तामाङ, चिलिमेका सीईओ दामोदरभक्त श्रेष्ठ र कम्पनी सचिव नारायणप्रसाद आचार्य अहिले चिलिमेको खर्चमा लण्डन यात्रामा छन् । प्राधिकरण स्रोतका अनुसार दोस्रो चरणमा सञ्चालक समितिका अन्य सदस्यहरु हरराज न्यौपाने, मनोज सिलवाल, शान्तिलक्ष्मी शाक्य र लेखनाथ कोइराला लण्डन जानेछन् । दुवै टोलीको सबै खर्च चिलिमेको आम्दानीबाट गरिनेछ । दुई लटका लागि करोडौं रुपैयाँ खर्च हुनेछ । उनीहरु त्यहाँ तालिमभन्दा पनि घुमफिरमा व्यस्त छन् ।
जनताको लगानी भएको उक्त आयोजनाको पैसाबाट सञ्चालक समितिका सदस्यहरुलाई विदेश भ्रमणमा पठाउँदा आयोजनाको कुल आम्दानीमा ठूलो ह्रास हुनेछ । जनताको लगानी भएको उक्त आयोजनामा घिसिङले आफूखुसी कर्मचारी भर्ना गरेर आयोजनालाई आर्थिक रुपमा तहसनहस पार्ने काम गरेका छन् । चिलिमेको विनियमावलीमा कर्मचारी भर्नासम्बन्धी प्रावधान भए पनि त्यसलाई समेत रद्दीको टोकरीमा हालेर घिसिङले आफूखुसी कर्मचारी नियुक्त गरेका छन् । घिसिङको अध्यक्षतामा बसेको चिलिमेको ३२९ र ३३३औँ सञ्चालक समिति बैठकले ठाडो निर्णय गरेर विप्लव खड्का, सोनाम तामाङ र रविन्द्र यादवलाई भर्ना गरिएको छ । उक्त सञ्चालक समिति बैठकले चिलिमेकै मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको पुँजीगत संरचना परिवर्तन गरी आफ्नो सेयर स्वामित्व घटाएको छ । यसरी सेयर संरचना कम गर्दा कम्पनीको आर्थिक अवस्था थप कमजोर हुनेछ । उक्त सेयर स्वामित्व घटाउने वा बढाउने कार्य साधारणसभाले मात्र गर्न पाउँछ । उक्त निर्णयपछि चिलिमेको दुईवटा साधारणसभा भए पनि ती निर्णयलाई पास गरिएको छैन ।
चिलिमेले सञ्चालक समितिका सदस्यहरुलाई आईएसओ तालिममा पठाए पनि आईएसओको काम कर्मचारीले गर्ने हो । सञ्चालक समितिको काम नीतिगत निर्णय गर्ने मात्र हो । नीतिगत तहमा बस्नेहरुलाई आईएसओ तालिम दिनुको कुनै अर्थ छैन । बैंकहरुको यस किसिमका भ्रमणलाई नेपाल राष्ट्र बैंकले रोक लगाए पनि प्राधिकरण आफैंले यस्ता निर्णय गर्नुले प्राधिकरणमा लुटतन्त्र हावी भएको प्रष्ट भएको छ । बैंक तथा वित्तीय संस्थामा नियामक निकाय भए पनि जलविद्युत् कम्पनीहरुमा नियामक निकाय नभएकोले जनताको लगानी डुबाउन यस्ता अनावश्यक किसिमको भ्रमण सञ्चालक समितिको निर्णयबाट गराउने गरिएको छ । सञ्चालकहरुलाई आफ्नो पक्षमा पार्न घिसिङले करोडौं रुपैयाँ खर्च गराएर तालिमको नाममा विदेश भ्रमण पठाएका हुन् ।
बजार अर्थात् साधारण सेयरधनीको तर्फबाट निर्वाचित भएर आएका सञ्चालकहरुले जनताको लगानी जोगाउने काम गर्ने अपेक्षा गरिएकामा त्यसको ठीक उल्टो उनीहरु नै पहिला कम्पनीकै खर्चमा दुई साता लामो भ्रमणमा गएका हुन् । पहिलो चरणमा भ्रमणमा जाने सबै सञ्चालक बजारबाट आएका हुन् भने दोस्रो लटमा विदेश भ्रमणमा जाने तयारी गरेकाहरु प्राधिकरणको तर्फबाट सञ्चालक बनेकाहरु हुन् । कमिसनकै लागि सान्जेन जलविद्युत् आयोजनाको डिजाइन परिवर्तन गरेको बारेमा कुनै पनि सञ्चालकले कुरा उठाएका छैनन् । त्यही डिजाइन परिवर्तनले उक्त आयोजनामा करोडौं रुपैयाँ घोटाला भएको छ । डिजाइन परिवर्तनको कारण आएको समस्याले उक्त आयोजनाको पावरहाउसको काम अझै सुरु हुनसकेको छैन ।
आईएसओ अर्थात् अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र कुनै पनि कम्पनीको व्यवस्थापकीय क्षमतालाई मूल्यांकन गरी गुणस्तरीय सामान उत्पादन गर्न वा सेवा उपलब्ध गराउन सक्षम छ भनेर दिइने प्रमाणपत्र हो । त्यही भएर वस्तु वा सेवा गणस्तरीय उत्पादन गर्न सक्षम बनाउने कर्मचारीलाई हो, सञ्चालक समितिलाई होइन । ‘सञ्चालक समिति त नीतिगत निर्णय गर्ने मात्र हो । त्यस्तो तालिम सञ्चालक समितिलाई दिनुको कुनै अर्थ छैन’, चिलिमेका एक कर्मचारीले भने, ‘चिलिमेमा कार्यरत कर्मचारीलाई दिनुपर्ने तालिम नीतिगत निर्णय गर्ने तहमा बस्ने सञ्चालक समितिलाई दिएर लुट मच्चाउने काम भएको छ । यस्ता तालिमका लागि लण्डन नै पठाउनु आवश्यक छैन । नेपाल र भारत जहाँ दिए पनि हुन्छ ।’
कर्मचारीहरु राम्रो भएमा कम्पनीले आईएसओ प्राप्त गर्ने हो । आईएसओ मान्यताप्राप्त कम्पनी हुनासाथ त्यसको विश्वासनीयता बढ्छ । तर, सञ्चालक समितिका सदस्यलाई तामिल दिनु भनेको आईएसओ मान्यताप्राप्त सामग्री भन्नेजस्तै हुन्छ । उत्पादित सामानलाई आईएसओ मान्यता प्राप्त भन्नु त्यसको दुरुपयोग गर्नु हो । त्यसैले आईएसओ मान्यताप्राप्त कम्पनीबाट उत्पादित सामग्री भन्नुपर्ने हुन्छ । त्यसको लागि कर्मचारीलाई नै आईएसओ तालिम दिनुपर्छ ।
Comments
अरु समाचार
-
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश...
-
दोदा नदीमा डुबेर दुईजनाको मृत्यु
काठमाडौं । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला...
-
वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
काठमाडौं । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...
-
बाजुराको खापरमा आगलागी, तीन घर नष्ट
काठमाडौं । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको...
-
ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
काठमाडौं । डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
पत्रकार सुरक्षित नभई प्रेस स्वतन्त्रताको ‘ग्यारेन्टी’ हुन सक्दैन : कानुनमन्त्री गिरी
काठमाडाैव । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार सामाजिक र आर्थिक रूपमा सुरक्षित नभएसम्म निष्पक्ष रूपमा समाचार सम्प्रेषण...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...