ताजा समाचार

पर्यटनमन्त्री जितेन्द्र देवको ‘कमाई’ रोक्न खोजेपछि सचिव न्यौपानेको सरुवा, अब के गर्लान् ?

काठमाडौं, १२ माघ । मन्त्रीको ‘कमाई’ रोक्न खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको सरुवा गरिएको छ । राष्ट्रियसभा निर्वाचनको आचारसंहिता लाग्नुअघि बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेको सरुवा गरिएको हो ।

पर्यटनमन्त्री जितेन्द्र नारायण देवको दबावमा न्यौपानेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरी सो कार्यालयका कृष्ण देवकोटालाई लगिएको छ । मन्त्री देवले सचिव न्यौपाने असहयोगी भूमिकामा प्रस्तुत भएको आरोप लगाएका छन् ।

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक हटाउने, बिभिन्न निकायमा राजनीतिक नियुक्ति गर्नेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यासिनो खोल्ने अनुमति दिनेलगायतका मन्त्रीका प्रयासमा सचिव न्यौपाने बाधक बनेपछि सरुवा गरिएको स्रोतले जनाएको छ ।

मन्त्री बनेदेखि नै जितेन्द्र देवले प्राधिकरणको महानिर्देशक सन्जिव गौतमलाई हटाएर मन्त्रालयकै हवाई उड्डयन महाशाखा प्रमुख सहसचिव सुरेश आचार्यलाई नियुक्त गर्न खोजेका थिए । निर्वाचनअघि नै गौतमलाई हटाउन खोज्दा निर्वाचन आयोगले रोकेको थियो ।

गौतमले आफूसँग मन्त्रीले हाकाहाकी पैसा मागेको र पैसा दिन नमानेपछि हटाउन खोजेको दावी गरिसकेका छन् । सहसचिव आचार्यसँग मन्त्रीको सेटिङ मिलिसके पनि सचिवले प्रस्ताव उठाउनै नमानेका कारण मन्त्री र सचिवबीच राम्रो सम्बन्ध थिएन ।

सचिव न्यौपानेले मन्त्रीका गैरकानुनी र अनुचित दबाव नमान्दा सरुवा गरेको हुनसक्ने निकटस्थहरुलाई बताएका छन् । कामचलाउ सरकारले जाँदाजाँदै आफूलाई सरुवा गर्दा आफू खुसी भएको उनले बताएका छन् । आफु मन्त्री आएदेखिनै दबाबमा परेको भन्दै सचिव न्यौपानले जस्तोसुकै हालतमा पनि नराम्रो काम नगर्ने अडान लिदै आएको बताए । देवको प्रस्ताव नमान्दा आफ्नो सरुवा गरिएको भन्दै सचिव न्यौपानेले खुशी नै रहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org