ताजा समाचार

भारतीय राजदूतको दिवा भोज खान देउवादेखि प्रचण्डसम्म पुगे लैनचौर, ओली गएनन्

काठमाडौं, १२ माघ । भारतले शुक्रबार ६९ औं गणतन्त्र दिवस मनाएको छ । ६९ औं गणतन्त्र दिवसको अवसरमा आज नेपालस्थित भारतीय राजदूतावासमा दिवा भोजको आयोजना गरेको छ । दिवा भोज कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, लगायतका विभिन्न दलका शीर्ष नेताहरुले लैनचौर पुगेका छन् ।

भारतीय राजदुत मन्जित सिंह पुरीले दिवा भोजका लागि प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति लगायत दलका शीर्ष नेताहरुलाई निम्तो दिएको थियो । तर कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी भने सहभागी भएकी छैनन् । त्यस्तै एमाले अध्यक्ष केपी ओली पनि दिवा भोजमा गएनन् । दूतावासले दिवास भोजको आयोजना गरेकी दिन ओली सामुदायिक रेडियहरूको सम्मेलनलाई सम्बोधन गर्न पोखरा पुगेका छन् । भारतको ६९ औं गणतन्त्र दिवसको सन्दर्भमा नेपालस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका संघ संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ।

भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा दुतावासले विभिन्न जिल्लाका अस्पताल, परोपकारी संस्था, शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो । त्यसैगरी विभिन्न स्थानका ४१ वटा पुस्तकालयलाई पुस्तक र शैक्षिक सामग्रीसमेत प्रदान गरिएको छ । भारतीय दूतावासले हालसम्म नेपालका ७३ जिल्लाका विभिन्न संघसंस्थालाई ६६२ वटा एम्बुलेन्स र १३० वटा बस प्रदान गरिसकेको छ । तस्वीर: रोशन सापकोटा, रासस

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org