ताजा समाचार

‘मुख मैथुन’ गर्न बाध्य पारेको भन्दै मेनुकाले मारिन आफ्नै श्रीमान

ललितपुर, १२ माघ । ललितपुरको फर्सिडोलमा श्रीमान–श्रीमतीबीच ‘सेक्स लफडा’ हुँदा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । गोदावरी नगरपालिका–८ स्थित डुकुछाप खोलाखेत फर्सिडोल बस्ने मेनुका रायमाझीले बिहीबार राती श्रीमान सानुभाई रायमाझीको हत्या गरेकी हुन् ।

हत्यामा संलग्न भएको आशंकामा मेनुकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नामा संलग्न मेनुका रायमाझीलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर लतिलपुरका एसएसपी गणेश ऐरले जानकारी दिए ।

बिहीबार राती करिब ३ बजेतिर मेनुकाले घाँटीमा डोरीले कसेर सानुभाईको हत्या गरेकी थिइन् । प्रहरीले बिहान ५ बजे सुचना पाएसँगै मेनुकालाई नियन्त्रणमा लिएको थियो ।

सानुभाई केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रली ठेल्ने काम गर्थे । पछि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक पुगेर भर्खरै नेपाल फर्किएका थिए । सानुभाई निकट स्रोतका अनुसार विदेशबाट फर्केपछी श्रीमती अर्कैसँग लागेको भन्दै उनले आफ्ना साथिभाईसँग कुरा गर्न थालेका थिए ।

यहि विषयमा उनीहरुको झगडा भईरहन्थ्यो । सानुभाईको एक साथीका अनुसार विदेशबाट फर्किएपछि सानुभाईले श्रीमतीलाई ‘मुख मैथुन’ र ‘गुदा मैथुन’ गर्न बाध्य पारेका थिए । बिहीबार राती पनि झगडा परेपछि सानुभाई आफैंले डोरी ल्याएर घाँटीमा लगाएका थिए । श्रीमतीले डोरी तान्ने क्रममा उनको मृत्यु हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org