ताजा समाचार

भारतको गणतन्त्र दिवसमा १० देशका राष्ट्राध्यक्ष विशेष अतिथि, नेपालबाट राजा विरेन्द्र अन्तिम

काठमाडौं, १२ माघ । भारतले शुक्रबार ६९ औं गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवसको अवसरमा भारत सरकारले विभिन्न कार्यक्रम गरेको छ । आफ्लाई एउटा शक्तिशाली राष्ट्र मान्दै आएको भारतले गणतन्त्र दिवसको अवसरमा आफ्नो शक्ति समेत प्रदर्शन गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा भारत सरकारले विदेशी राष्ट्रप्रमुखहरूलाई सम्मानित अतिथि अर्थात् गेस्ट अफ अनरका रूपमा निमन्त्रण गर्ने गरेको छ । यसपाली दक्षिणपूर्वी एसियाली आसियान मुलुकहरूका राष्ट्रप्रमुखलाई अतिथिका रूपमा निमन्त्रणा गरिएको छ ।

यसपालि पहिलो पटक गणतन्त्र दिवसको समारोहमा एक भन्दा बढी देशका राष्ट्राध्यक्षलाई आमन्त्रण गरिएको थियो । समारोहमा आसियान देशहरु थाइल्याण्ड, भियतनाम, इन्डोनेशिया, मलेशिया, फिलिपिन्स, सिंगापुर, म्यानमार, कम्बोडिया, लाओस र ब्रूनेईका राष्ट्राध्यक्ष मुख्य अतिथि थिए ।

छिमेकी मुलुक नेपालको वर्षौदेखि अपमानः


सन् १९९९ मा नेपालका तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह देवलाई गणतन्त्र दिवसको परेडमा गेस्ट अफ अनरका रूपमा निमन्त्रण गरिएको थियो । त्यतिखेर केआर नारायणन भारतका राष्ट्रपति थिए भने अटलविहारी वाजपेयी भारतका प्रधानमन्त्री थिए ।

राजा वीरेन्द्रपछि नेपालका कुनै पनि राष्ट्रप्रमुखलाई भारतको गणतन्त्र दिवस समारोहमा बोलाइएको छैन । १९ वर्षदेखि नेपालका राष्ट्राध्यक्ष भारतको गणतन्त्र दिवसको अवसरमा जान पाएका छैनन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org