ताजा समाचार

यौन दुव्र्यवहारको आरोप लागेपछि ट्रम्पका निकट मानिने स्टिभले दिए राजीनामा

काठमाडौं, १४ माघ । अमेरिकाको रिपब्लिकन पार्टीको राष्ट्रिय समितिका आर्थिक मामिला प्रमुख स्टिभ विनले पदबाट राजीनामा दिएका छन् ।

यौन दुव्र्यवहारको आरोप लागेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिने विनले राजीनामा दिएका हुन् । अमेरिकाको लस भेगस क्यासिनोका मालिक समेत रहेका अर्बपती विनलाई थुप्रै महिला कर्मचारीलाई यौन क्रियाकलाप गर्न बाध्य बनाएको आरोप लगाइएको छ ।

वाल स्ट्रिट जर्नलमा छापिएको समाचार अनुसार एउटा त्यस्तो विवाद सल्टाउन उनले कैयौं लाख डलर तिरेका थिए ।राष्ट्रपति ट्रम्पले नै वीनलाई रिपब्लिकन पार्टीको राष्ट्रिय समितिको आर्थिक मामिला प्रमुखमा चयन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org