ताजा समाचार

भारतमा एक २८ वर्षीय युवकद्धारा आफ्नै काकाकी ८ महिने छोरीमाथि बलात्कार

काठमाडौं, १६ माघ । भारतमा एक ८ महिने बालिकामाथि बलात्कार भएको छ । उत्तरपश्चिम दिल्लीको सकुर बस्ती घर भएकी बालिकालाई उनकै २८ वर्षका काकाका छोराले आइतबार बलात्कार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बालिकाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । बलात्कारका आरोपीतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । आइतबार दुई बालिकालाई उनीहरुका आमाबुवाले घरमै परिवारका अरु सदस्यसँग छाडेर काममा गएको थिए ।
साँझको समयमा दुई जना बालिका काकीसँगै रहेका थिए । बलात्कृत बालिकालाई उनका काकाका छोराले खेल्न लैजाने भन्दै अर्को भवनमा लगेर बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बालिकाको अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । भारतमा पछिल्ला दिनहरुमा यौन दुव्र्यवहार र बलात्कार घटना बढ्दै गएका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org