ताजा समाचार

आयरल्याण्डमा गर्भपन गर्न पाउने कि नपाउने भन्ने विषयमा जनमत संग्रह हुने

काठमाडौं, १६ माघ । आयरल्याण्डमा गर्भपतनको विषयमा जनमत संग्रह हुने भएको छ । आइरिस सरकारले आउँदो मे महिनामा गर्भपन गर्न पाउने कि नपाउने भन्ने विषयमा जनमत संग्रह गर्न लागेको हो ।

आयरल्याण्डमा अहिले आमाको ज्यानको खतरा भएको अवस्थामा बाहेक अरु अवस्थामा गर्भपतन गर्न नपाइने व्यवस्था छ । जनमत संग्रहले आयरल्याण्डको संविधानमा गर्भपतनको विषयमाथि संशोधन हुने विश्वास गरिएको छ ।

प्रधानमन्त्री लियो भारदकरले पनि गर्भपतन गर्न पाउने व्यवस्था ल्याउनका लागि भुमिका खेल्ने बताए ।आयरल्याण्डमा सन् १९८३ मा संविधान संसोधन गरि गर्भपतनको व्यवस्था खारेज गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org