ताजा समाचार

एनआरएनले १० अर्बको लगानी कोष स्थापना गर्ने

काठमाडौं, १७ माघ । गैरआवासीय नेपाली संघ (एनआरएन) ले १० अर्बको लगानी कोष स्थापना गर्ने भएको छ । नेपालको लगानी प्रवर्द्धनका लागि १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्न लागेको हो ।

एनआरएन र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच मंगलबार भएको छलफलका क्रममा संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिए ।

कोषको स्थापनाका लागि सरकारका निकायसँग छलफल जारी रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले अब कुरा होइन काम गर्ने समय आएको बताए । एनआरएनले गोरखा भूकम्पबाट क्षतिग्रस्त ‘लाप्राक नमूना वस्ती’ निर्माण गरिरहेको छ । कुल ३२७ घरको पुनः निर्माणको काम अगाडि बढेको जानकारी दिइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org