ताजा समाचार

महिला अस्मिताको विषयमा मिलापत्र गर्नेलाई कारबाही हुन्छः आईजीपी अर्याल

काठमाडौं, १८ माघ । नेपाल प्रहरी महानिरिक्षक प्रकाश अर्यालले दरबारमार्ग बलात्कार काण्डका विषयमा बल्ल मुख खोलेका छन् । केही दिन अघि भएको बलात्कार काण्ड प्रहरीले अधिकारीले आर्थिक प्रलोभनमा परेर मिलाएपछि प्रहरी भित्रै ठुलो खैल्लाबैल्ला मच्चिएको छ । यो काण्डपछि घटना मिलाउने इन्सपेक्टर अजयसिंह ठकुरी प्रहरी हिरासतमा छन् । भने दरवारमार्ग वृत्तका प्रहरी प्रमुख डीएसपी तिलक भारती अनुसन्धानको घेरामा छन् ।

यसैविषयमा प्रहरी प्रमुख अर्यालले महिला अस्मिताको विषयमा कहि कतै मिलापत्र भएको रहेछ भने संलग्न सबैलाई कारवाही गर्ने स्पष्ट पारेका छन् । उक्त काण्ड भएको भनिएको भवनको उद्घाटन गर्न बिहिवार विहान दरबारमार्ग पुगेका महानिरिक्षक अर्यालले यो घटनालाई ‘सुन्दर भवनमा भएको असुन्दर काम’ भनेका छन् र यसमा संलग्न दोषीहरुलाई कारबाही गरिने बताए ।

यसबारे छानविन भइरहेको भन्दै उनले भने, ‘महिला अस्मिताको विषय मिलापत्रको विषय हुनसक्दैन ।’ यो घटनाबाट प्रहरीले पाठ सिक्नु पर्ने भन्दै प्रहरी प्रमुख अर्यालले आफ्नो मातहतमा रहेका युनिटहरुको अनुगमन गर्न पनि प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले रेगुलर पुलिसिङमा जोड दिएका छन् ।

यसघटनामा संलग्न हुनसक्ने कुनै प्रहरी अधिकृत निलम्बित भइसकेको, अन्य निलम्बित हुने क्रममा छन्। कसुर ठहरिएमा कडा भन्दा कडा कारबाहीको भागिदार हुने उनको भनाई छ । सो घटनामा प्रहरीकै माथिल्लो निकायमा रहेका व्यक्तिको समेत हात रहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

सम्भवत उनि समेत छानविनको घेरामा तानिन सक्ने बताइएको छ । दरबारमार्ग प्रहरीमा विगतमा समेत यस्ता घटनाहरु घेरै रहेको भन्दै पिडितलाई जवरजस्ती कागज गराईएका घटना अरुपनि रहेका त्यहा कार्यरत जुनियर प्रहरी अधिकृतहरु बताउने गर्दछन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org