ताजा समाचार

तपाई थाहा छ यस्ता संकेत देखिएमा धनकी देवी लक्ष्मी भित्रिन सक्छ

काठमाडौं, १८ माघ । लक्ष्मीलाई धनकी देवी मानिन्छ । परापुर्वक कालदेखि नै लक्ष्मी प्रसन्न भएमा प्रशस्तै धन कमाईन्छ भन्ने मान्यता रहदैं आएको छ । त्यसैले हामी सधै लक्ष्मीको पूजाअर्चना गर्ने गर्दछौं । तर लक्ष्मीले कहिले र कसरी आफ्नो कृपा तपाई हामीमा बर्साउँछिन् त्यो हामी कसैलाई पनि थाहा पाउन निकै मुस्किल पर्छ ।

यस्तो अवस्थामा तपाईले लाखौ कोशिस गर्दा पनि केही फल नपाएपछि निराशाले घेर्न सक्छ ।हिन्दु शास्त्रका अनुसार केही यस्ता संकेतहरु हुन्छन् जसले तपाईलाई अब तपाईको भाग्य चम्किँदैछ र लक्ष्मीले तपाईको जीवनमा प्रवेश गर्दैछिन् भन्ने थाहा दिन्छ । केही यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ ।

१. यदी तपाईको घर वा अफिसमा अकस्मात उल्लू आयो भने तपाईलाई छिट्टै धन प्राप्त हुने संकेत गर्छ ।
२. हामी प्राय सबै सर्पसँग डराउँछौ तर, सर्प र धनकाबिचको सम्बन्ध नजिकको हुन्छ । यदी तपाईको घरको वरिपरी सेतो सर्प देखियो भने उक्त स्थानमा केही खजाना हुन सक्ने संकेत हो ।
३. साताको प्रत्येक दिन अलग-अलग देवी-देवताको पुजा गर्ने गरिन्छ । शुक्रबारको दिन प्राय लक्ष्मीको पूजा गर्ने गरिन्छ । यो दिन यदी कुनै केटीले तपाईलाई सिक्का दिइन् भने यो शुभ संकेत हुन्छ, तपाईलाई धन लाभ हुने संकेत हो यो ।
४. जब तपाईले सपनामा पानी, हरियाली, लक्ष्मीको बहान उल्लू देख्नु हुनेछ तब यसले तपाईको भाग्य चाँडै बद्लिने संकेत गर्छ ।
५. यस्तै, सपनामा सेतो सर्प, सुन जस्तो पहेलो सर्प देखियो भने त्यसले तपाई अब धनी बन्ने योग रहेको संकेत गर्छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org