ताजा समाचार

प्रदेश ३ को प्रदेश सभा बैठक माघ २७ गते बस्नेगरी स्थगित, आज के-के निर्णय गर्‍यो ?

हेटौंडा, १८ माघ । प्रदेश ३ को पहिलो प्रदेश अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ । हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा बिहीबार बसेको बैठकले माघ २७ गतेलाई सभामुख निर्वाचन गर्ने निर्णय गरेको छ । प्रदेशसभा बैठकअघि बसेको सर्वदलीय बैठकको सहमति अनुसार २७ गतेको सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।

सभामुख निर्वाचनको भोलिपल्ट उपसभामुख चयन हुने जेष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गरिरहेका डोरमणि पौडेलले जानकारी दिए । प्रदेशसभामा एमालेको एकल बहुमत छ । वाम गठबन्धनमा भएको सहमति अनुसार ३ नम्बर प्रदेशको मुख्यमन्त्री र सभामुख दुवै पद एमालेले पाएको छ । उपसभामुख माओवादीले पाउनेछ । प्रदेशसभाको सभामुखमा डोरमणि पौडेलनै कायम हुन सक्ने बताईएको छ ।

प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि पास भएको छ । प्रदेशसभा सञ्चालनका लागि रामेश्वर फुयाल, शोभा शाक्यसहित चार जना रहेको समिति बनेको छ । बैठकमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, नेपाली कांग्रेसका इन्द्रबहादुर बानिया, माओवादी केन्द्रका शालिकराम जमरकट्टेल, विवेकशिल साझाका रमेश पौडेल, नयाँ शक्तिका प्रेम तामाङ, नेमकिपाका सुरेन्द्र गोसाई, राप्रपा प्रजातान्त्रिकका रिता गुरुङ, राप्रपाका रिता माझीले बोलेका थिए। बैठकको अध्यक्षता जेष्ठ सदस्य डोरमणि पौडेलले गरेका थिए। यस प्रदेशसभाका कूल ११० सदस्य छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org