ताजा समाचार

सुष्मा स्वराजको नेपाल भ्रमण कतै कांग्रेस, माओवादी र मधेसवादीको सरकार बनाउन त हैन् ?

काठमाडौं, १८ माघ । भारतीय विदेशमन्त्री सुस्मा स्वराज दुई दिने भ्रमणका लागि काठमाडौं पुगेकी छन् । खासै कुनै एजेण्डाबिनै नेपाल आएकी स्वराजको रणनीति भने फरक देखिन्छ । नयाँ सरकार गठन र एमाले माओवादीबीच पार्टी एकताको प्रक्रियामा रहेकै बेला स्वराज नेपाल आउनुलाई सबैले चासोका साथ रहेका छन् ।

काठमाडौं पुगेकी स्वराजले समेत आफ्नो कुनै मुख्य एजेण्डा नभएको बताएकी छन् । यदी कुनै एजेण्डा वा विना काम नेपाल आउन के बाख्रा चराउन आएकी हुन् ? पक्कै पनि होईनन्, उनी यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर नेपाल आएकी हुन् । एक जना परराष्ट्रविद्का अनुसार नेपाल भ्रमणमा रहँदा स्वराजले मोदीको सेटिङ अनुसार काम गर्नेछिन् ।

उनले काठमाडौं झरेलगत्तै राजनीतिक भेटघाटलाई तीब्रता दिएकी छन् । एउटा रोचक कुरा के भने, सबैभन्दा पहिला एमाले अध्यक्ष केपी ओलीलाई भेट्नु पनि रहेको छ । एउटा देशको अधिकारीले अर्को देशको अधिकारीलाई नभेटेर कुनै पार्टीको अध्यक्षलाई पहिलो प्राथमिकता दिनु पनि ‘दालमा कुछ काला हैं’ जस्तो छ ।

एमाले अध्यक्ष केपी ओलीसँग बिग्रिएको सम्बन्ध सुधार गर्न भारतीय प्रधानमन्त्री मोदीको दूत बनेर स्वराज नेपाल आएको हुनसक्ने अनुमान गरिएको छट । तर, कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलले भने भ्रमणलाई फरक रुपले हेरेका छन् ।

विशेषगरी स्वराजको भ्रमणबाट एमाले त्रसित बनेको एमाले नेताहरुको भनाई छ । एक नेताले भने, ‘हामी स्वराजको भ्रमणप्रति शसंकित बनेका छौं । कुनै एजेण्डा छैन्, कुनै योजना छैन्, त्यत्तिकै भ्रमणमा आएका छन् । यसले गर्दा कतै बन्नै लागेको वामपन्थी सरकार र वाम एकता भाँड्न त होईन् ।’

भारतीय दूतावासले पनि यस सम्बन्धमा यसअघि नै पहल गरिसकेको छ की वाम गठबन्धन फुटाउने र कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिने । कांग्रेसका एक नेताले भने, ‘सके कांग्रेस, माओवादी र मधेसवादी दलको सरकार बनाउने स्वराज भ्रमणको मुख्य उद्धेश्य हुनसक्छ, नसके ओलीजीसँग सम्बन्ध सुधार गर्ने रणनीति होला ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org