ताजा समाचार

भारतमा २ सय ४४ खर्ब भारुको बजेट सार्वजनिक, सबैभन्दा बढी कृषि क्षेत्रमा विनियोजन

काठमाडौं, १८ माघ । भारतले दुई सय ४४ खर्ब भारुको बजेट प्रस्तुत गरेको छ । भारतीय अर्थमन्त्री अरुण जेट्लीले दुई सय ४४ खर्ब भारुको बजेट प्रस्तुत गरेका हुन् । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जेट्लीले भारत विश्वको पाँचौं द्रुत वृद्धिदरसहितको अर्थतन्त्र बन्ने क्रममा रहेको बताएका छन् ।

नरेन्द्र मोदी सरकारको अन्तिम बजेटले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । कृषि सुधार योजनालाई ‘अपरेसन ग्रिन्स’ नाम दिएर हालसम्मकै ठूलो रकम विनियोजन गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

गत आर्थिक वर्षमा कृषिका लागि पाँच खर्ब ६५ अर्ब भारु विनियोजन गरेको मोदी सरकारले यसपटक उक्त शीर्षकमा ६ खर्ब ३८ अर्ब भारु छुट्याएको छ । भारत सरकारले कृषि क्षेत्रमा दिएको सुविधाले नेपालको कृषिक्षेत्रलाई नकारात्मक असर पार्न सक्ने विश्लेषण यहाँका नीति निर्माताहरुले गरेका छन् ।

हाल वाषिर्क ३० अर्ब अमेरिकी डलर बराबरको कृषि उपज निर्यात गरिरहेको भारतको लक्ष्य यसलाई बढाएर वाषिर्क एक खर्ब डलर पुर्‍याउने भन्ने छ । जसले गर्दा नेपाली कृषि क्षेत्रमा असर पर्ने देखिन्छ । सानो लगानीको नेपाली कृषि उत्पादन भारतको यस्तो रणनीतिले धरासायी बन्ने संकेत कृषि विज्ञहरुले गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org