ताजा समाचार

भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रचण्डबीच भेटवार्ता, यस्तो भयो कुराकानी

काठमाडौं, १९ माघ । नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको विशेष दूतका रुपमा बिहीबार काठमाडौं आएकी स्वराज र प्रचण्डबीच भेटवार्ता भएको हो ।

सोल्टी होटलमा ५० मिनेटसम्म भएको भेटका क्रममा पछिल्लो राजनीतिक परिस्थिति र आपसी हितकाबारेमा छलफल भएको बताईएको छ । भेटपछि प्रचण्डले चुनावपछिको अवस्था र सरकार गठनको तयारीका बारेमा स्वराजसाग कुराकानी भएको बताए ।

स्वराजले नेपालको चुनावपछिको अवस्था र सरकार गठनको बारेमा जिज्ञासा राखेको प्रचण्डको भनाई छ । स्वराजले अब नेपाल अघि बढ्छ भनेर चासो राखेको समेत प्रचण्डको भनाइ थियो ।

भेटमा छिमेकीसँगको सहयोग र सम्बन्ध राम्रो बनाएर आफूहरुले स्थायीत्व र विकास चाहेको धारणा राखेको पनि प्रचण्डले बताए । जवाफमा स्वराजले नेपालको स्थायित्व र विकासमा भारतको सम्पूर्ण सहयोग रहने बताएकी थिइन् । स्वराजले वामगठबन्धले जितेकोमा बधाइ समेत दिएकी थिइन् ।

काठमाडौं उत्रिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिईन् । स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछिन् । राष्ट्रपतिलाई भेटेर उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जानेछिन् । सुष्मा स्वराज सवा २ बजे एयरपोर्टतर्फ प्रस्थान गरी ३ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org