ताजा समाचार

तालिमका क्रममा गिर्नेट पड्काउन सिकाउँदा भैरवनाथ गणमा ४ सैनिक गम्भीर घाइते

काठमाडौं, १९ माघ । महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणमा विस्फोट हुँदा ४ जना सैनिक घाइते भएका छन् । शुक्रबार बिहान प्लास्टिक गिर्नेट विस्फोट हुँदा ४ जना सैनिक घाइते भएका हुन् ।

तालिमको क्रममा ग्रिनेट विस्फोट हुँदा घाइते भएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डरीले जानकारी दिए । बिहान पिटी खेलीसकेपछि युनिट बेसिक कोर्स चल्दै गर्दा प्रशिक्षकले प्लाष्टिक गिर्नेटको पिन थुतेर सिकाउन खोज्दा विस्फोट भएको हो । प्रशिक्षकसहित चार घाइते भएको बताइए पनि उनीहरुको परिचय खुलेको छैन । उनीहरुको अहिले वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org