ताजा समाचार

क्यूबाका पूर्वराष्ट्रपति क्यास्ट्रोका छोराले किन गरे आत्महत्या ?

एजेन्सी, १९ माघ । क्यूबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । ६८ वर्षीय छोरा क्यास्ट्रो डियाज बलार्टले हवानामा आत्महत्या गरेको क्युबाको स्थानीय संचारमाध्यमले जनाएका छन् । लामो समयदेखि डिप्रेसनको शिकार बनेका डियाज बलार्टको बिहीबार बिहान शव फेला परेको बीबीसीले जनाएको छ ।

‘फिडेलिटो’ को नामले चर्चित डियाज पूर्व राष्ट्रपतिका जेठा छोरा हुन् । उनले आफ्नो पढाइ सोभियत युनियनमा पूरा गरेका थिए र एक रुसी महिलासँग उनको विवाह भएको थियो । यसअघि २००८ सम्म उनले क्युबाका आणविक कार्यक्रमको नेतृत्व गरेका थिए । तर २००८ मा पूर्वराष्ट्रपति फिडेलको सरकार अन्त्य भएपछि भने उनले राष्ट्रिय परिषदमा वैज्ञानिक सल्लाहकारको काम गर्न थालेका थिए ।

पछिल्लो केही महिनामा भने उनी गम्भीर मानसिक तनावले ग्रस्त भएका कारण उपचारका क्रममा रहेको क्युबाको आधिकारिक पत्रिकाले उल्लेख गरेको बीबीसीले जनाएको छ । स्थानीय टेलिभिजनले खबर गरेअनुसार उपचारकै लागि उनी लगातार अस्पताल गइरहन्थे ।

उनको व्यवसायिक प्रोफाइलमा उल्लेख गरिएअनुसार उनले आफ्ना किताबहरुमार्फत देशलाई थुप्रैपटक अन्तर्राष्ट्रिय समारोहमा प्रतिनिधित्व गराइसकेका छन् । मृत्युअघि २०१५ मा उनी एक भव्य पार्टीमा पेरिस हिल्टनका साथ देखा परेको बताइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org