ताजा समाचार

देउवाको वालुवाटार लञ्जसँगै भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण सकियो

काठमाडौं, १९ माघ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटर मार्फत जानकारी दिएका छन् ।

बिहीबार दुई दिने भ्रमणका लागि विशेष विमानमार्फत नेपाल आएकी स्वराजले नेपाल आए लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको थियो । बिहीबार राति काठमाडौंको होटल सोल्टीमा एमाले अध्यक्ष ओली सहित एमालेका नेतासँग भेट गरेकी थिईन् ।

राजनीतिक भेटघाट सकियोः
प्रधानमन्त्री देउवासँगको भेटेपछि स्वराजको यसपटकको नेपाल भ्रमण सकिएको छ । उनलाई प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा दिवाभोज दिएका छन् । शुक्रबार विहान स्वराजले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी थिइन् ।

उनले शुक्रबार नै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरिन् । शुक्रबार नै उनले शितलनिवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org