ताजा समाचार

अब बच्चा जन्माउन सेक्न गर्नै नपर्ने, यसरी जन्मिन्छन् बच्चा !

एजेसी । स्टैनफर्ड युनिभर्सिटीका एक जना प्रोफेसर हैंक ग्रीलीले आगामी ३० वर्षमा बच्चा जन्माउनका लागि सेक्स गर्न नपर्ने बताएका छन् ।हैंक स्टैनफर्ड ल स्कुलका सेन्टर फर ल एण्ड द बायोसाइन्सेजका निर्देशक हुन् । हैंककाअनुसार आगामी तीन दशकमा प्रजनन प्रक्रिया बदलिनेछ ।

अभिभावकसँग डीएनएबाट ल्यावमा तयार गरिएको अलगअलग प्रकारका भ्रुणमध्ये आफूलाई मनपर्ने कुनै पनि भ्रुण छान्ने अवसर पाउनेछन् ।यद्यपि यसप्रकारको प्रक्रिया सुरु भइसकेको छ । तर हैंक आगामी दिनमा यो प्रक्रिया निकै सस्तो हुनेछ । जोडीहरुले कुनै पनि प्रकारको रोगबाट बच्नका लागि यो प्रक्रिया अपनाउन सुरु गर्नेछन् ।

यो प्रक्रियामा फिमेल स्कीनको स्याम्पल लिएर पहिलात स्टेम सेल मनाइनेछ । फेरि यसको प्रयोग अण्डा बनाउन हुनेछ । यसपछि उक्त अण्डालाई स्पर्म सेल्ससँग फर्टिलाइज गराएर भ्रुण तयार गरिनेछ । भ्रुणको छानविनका क्रममा कुनै पनि प्रकारको सम्भावित रोग हेरिनेछ ।

स्टैन्फर्डका प्रोफेसरका अनुसार यो प्रक्रियाका क्रममा अभिभावकसँग यो अप्शन पनि हुनेछ कि उनीहरु आफ्नो आउने सन्तानको आँखा र कपालको रंगसमेत चुन्न सक्नेछन् । प्रोफेसर हैंक भन्छन्, यो प्रक्रियामा सबैभन्दा मुस्किल कुरा यो हुनेछ कि यसका कारण सबैभन्दा बढी डिभोर्स हुनेछ । किनभने पत्नीलाई भ्रुण नम्बर १५ चाहिए पतिलाई ६४१ ।

यो विषयमा निर्णय लिन दुवै जनालाई गाह्रो हुनेछ । तपाई कसरी तय गर्नुहुनेछ कि जब कुनै भ्रणमा कुनै एक रोगको आशंका कम र दोस्रोमा रोगको आशंका बढी हुनेछ । तर यसले संगीतमा लोकप्रियता हासिल गर्नेछ । प्रजननका लागि सेक्स, युएसमा हैंकको यो अध्ययन अर्काइब्स अफ सेक्सुअल बिहेवियरमा यही वर्ष मार्चमा प्रकाशित भएको थियो ।

जसमा इन्टरकोर्सको फ्रिक्वेन्सीमा अहिलेबाटै कमी आएको छ। यो अध्ययनका अनुसार युएसमा सन् १९९० मा विवाहित जोडी वर्षमा ७३ पटक सेक्स गर्दथे । जबकि सन् २०१४ मा एक वर्षमा सेक्स गरेको संख्या घटेर ५५ भएको छ । सिंगल व्यक्तिले एक वर्षमा ५९ पटक सेक्स गरेको तथ्यांक छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org