ताजा समाचार

‘पद्मावत’ हेर्दै गर्दा सिनेमा घरमै एक युवतीमाथि बलात्कार

एजेन्सी, १९ माघ । भारतमा बलिउड फिल्म ‘पद्मावत’ हेर्दै गर्दा सिनेमा घरमै एक युवतीको बलात्कार भएको छ । हैदरावादको एउटा सिनेमा हलमा १९ वर्षीया युवतीमाथि बलात्कार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बलात्कार गरेको अभियोगमा २३ वर्षीया युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित युवतीले प्रशान्त थियटरमा ‘पद्मावत’ चलचित्र हेर्दै गर्दा अभियुक्त युवकले बलात्कार गरेको बीबीसी हिन्दीले जनाएको छ । त्यस समय हलमा आसपासको सिट खाली थियो । कक्षा १२ मा अध्ययनरत युवतीको अभियुक्तसँग फेसबुकमार्फत सामान्य चिनजान भएको थियो । प्रहरीका अनुसार झण्डै २० दिन पहिला सिकंदराबादको एउटा होटेलमा भेटेका थिए ।

त्यस्तै २९ जनवरी २०१८ मा अभियुक्तले पीडित युवतीलाई एउटा होटेलमा बोलाएको प्रहरीले जनाएको छ । केही समयपछि उनीहरु प्रशान्त थियटरमा ‘पद्मावत’ हेर्न गएका थिए । जहाँ युवतीले आफूमाथि बलात्कार भएको आरोप लगाएकी छिन् । युवतीको उजुरीपछि अभियुक्तलाई प्रहरीले ३१ जनवरीमा गिरफ्तार गरेको छ । उनलाई अदालतमा पेश गरी न्यायिक हिरासतमा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org