ताजा समाचार

अत्यधिक रक्तस्राव भएपछि अस्पत्ताल पुर्‍याएकी सुत्केरी आमा र बच्चाको मृत्यु

रुकुम, १९ माघ । रुकुम पश्चिममा एक सुत्केरी र बच्चाको ज्यान गएको छ । सुत्केरी हुन चौरजहारी अस्पतालमा आएकी चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उनको बच्चाको ज्यान गएको हो ।

घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले अस्पताल पुर्‍याएका थिए । पाँचौँ पटक गर्भवती भएकी सुशीलाको बच्चाले गर्भमा नै दिशा गरेपछि बिहीबार राति ज्यान गएको चौरजहारी अस्पतालका डा. सुमन राईले जानकारी दिए ।

विष्टको शरीरमा रगतको अभाव रहेको र बान्ता गरिरहेका कारण उनको उपचारमा समस्या आएको डा राईले बताए । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको ज्यान गएको अस्पत्तालले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org