ताजा समाचार

सामुहिक बलात्कारमा परेको भनिएकी युवतीको खातामा २७ लाख भेटिएपछि प्रहरी नियन्त्रणमा

काठमाडौं, १९ माघ । दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कारको घटनाकी पीडित युवतीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी सम्पर्कमै रहेकी पीडित युवतीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको हो ।

पीडित युवती प्रहरी सम्पर्कमा आए पनि बयान फेरेको र उनको बैंक खातामा शंकास्पद २७ लाख रकम देखिएको भन्दै उनलाई बिहीबारदेखि परिसरकै महिला ब्यारेकमा राखेको प्रहरी स्रोतले जनाएको छ । प्रेमी र उनका ३ साथीबाट बलात्कार गर्ने मुख्य अभियुक्तलाई प्रहरीले गत शनिबार भगाएको थियो। प्रहरीले घटनामा संलग्न दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेको छ। तर उनीहरु कहाँ छन् भन्ने खुलाइएको छैन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले पीडित युवती प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे। उनले भने ‘अनुसन्धान भइरहेको छ, युवतीलाई परिसरमै राखेर अनुसन्धान भइरहेका छौं।’ पीडक युवाबारे भने उनले स्पष्ट बताउन सकेनन्। ‘युवाहरुलार्इ अपराध महाशाखाले पक्रेको होला’, उनले भने।

प्रेमी र उनका ३ साथीबाट बलात्कृत युवतीको सहयोगमा घटनाको तेस्रो दिन गत शनिबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जले मुख्य आरोपीलाई पक्राउ गरेको थियो। महाराजगन्ज वृत्तमा राखिएका ती अभियुक्तलार्इ दरबारमार्ग वृत्तबाट खटिएका सई चन्द्र भण्डारी नेतृत्वको टोलीले शनिबार साँझ करिब ७ बजे जिम्मा लिएको थियो।

सोही रात पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको थियो। मेडिकल जाँचको अन्तिम रिपोर्ट नआउँदै महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले हिरासतमा रहेका युवाहरुलाई रिहा गरेपछि घटना रहस्यमय बनेको हो।

युवतीले सुरुवाती बयानमा आफूलाई आफ्ना प्रेमी शैलेश कार्की र उनका भाईसहित अन्य दुईजनाले सामुहिक बलात्कार गरेको मौखिक बयान प्रहरीमा दिएकी थिइन्। प्रहरीले उनकै बयानका आधारमा चारजना युवालाई पक्राउ गरेर पछि छोडेको हो। प्रहरीले पीडकहरुको नाम गोप्य राख्दै आएको छ। बलात्कार जस्तो जघन्य अपराधमा जाहेरी नआए पनि प्रहरीले आफैँ अनुसन्धान अघि बढाउन सक्छ।

‘क’ श्रेणीका ठेकेदार परिवारका व्यक्तिहरुले युवती बलात्कार गरेको स्रोतको भनाई छ । चारै युवाको परिवारले प्रहरी र पीडितलाई मिलाउन करिब ५० लाख रुपैयाँ खर्चेको चर्चा प्रहरी वृत्तमै चलेको छ। यो घटना सामसुम पार्न ठेकेदार परिवार अझै प्रहरीको माथिल्लो निकाय र राजनीतिक पहुँच भएका व्यक्ति मार्फत दौडधुपमा लागिरहेको स्रोतको दाबी छ।

पीडित युवतीको मेडिकल रिपोर्टमा बलात्कार भएको ‘प्रमाण’ देखिएनः
सामुहिक बलात्कारको शिकार भएको भनिएकी युवतीको मेडिकल रिपोर्ट आएको छ । रिपोर्टमा सामुहिक बलात्कार भएको ‘इभिडेन्स’ नभेटिएको उनको स्वास्थ्य परीक्षणमा संलग्न स्रोतले जनाएको छ ।

‘बलात्कृत भएको हो भन्ने इभिडेन्स केही फेला परेन । पीडित भनिएको युवतीको योनाङ्ग पहिल्यैदेखि सेक्सुअल्ली एक्टिभ भएको देखिन्छ । त्यसैले पनि इभिडेन्स फेला नपरेको हुन सक्छ ।’ ‘स्वास्थ्य परीक्षणका क्रममा दिएको बयानले भने बलात्कृत भएको हो कि जस्तो सङ्केत हुन्छ’, स्रोतले भन्यो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org