ताजा समाचार

एनआईसी एशियाले कार्डको प्रयोग गरेर सामान किन्दा ५ सयसम्म फिर्ता दिने

काठमाडौं, १९ माघ । एनआइसी एसिया बैंकको भिजा डेबिट वा क्रेडिट कार्डमार्फत सामान वा सेवा खरिद गर्ने ग्राहकले ‘क्यास ब्याक’ पाउने भएका छन् । एनआईसी एशियाले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि नेपालभित्रको कुनैपनि पिओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा क्यास ब्याक दिने योजना ल्याएको हो ।

बैंकले यो योजना फेब्रुअरीदेखि अप्रिलसम्म तीन महिना संचालन हुने जनाएको छ । यस योजना अन्तर्गत बैंकको भिसा डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत वा प्रति भुक्तानी ५ सय रुपयाँसम्मको नगद फिर्ता पाउने छन् ।

यस योजनाबाट बैंकको भिसा डेबिटरक्रेडिट कार्ड प्रयोग गर्ने २ लाख ४० हजारभन्दा बढी ग्राहकहरू लाभान्वित हुने जनाईएको छ । हाल बैंकले १६३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउन्टर, १५६ वटा एटिएम मेशिन तथा ५१८ वटा पिओएस मेशिन लगायतबाट सेवा विस्तार गरिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org