ताजा समाचार

पुल्चोकमा पूर्वगृहमन्त्री एवं माओवादी नेता जनार्दन शर्माको गाडी पल्टियो

काठमाडौं, २० माघ । पूर्वगृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माको गाडी दुर्घटनामा परेको छ । ललितपुरको पुल्चोकमा भएको दुर्घटनामा शर्मा भने उक्त गाडीमा सवार थिएनन् । शर्माको छोरा प्रकाश शर्मा र चालक गाडीमा सवार थिए । आज बिहान तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट निस्किएको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बा १५ च १४९३ नम्बरको स्यान्ट्रो कार पुल्चोक पुल नजिकै पल्टिएको हो । गाडीमा सवार दुबै जना सकुशल रहे पनि गाडीमा सामान्य क्षति पुगेको छ । गाडी दुर्घटनाको कारण भने खुलेको छैन ।

पूर्वगृहमन्त्री शर्मासँग दुईवटा गाडी छन् । एउटा गाडीमा जनार्दन आफै चढ्छन् भने खैरो रंगको स्यान्ट्रो गाडी परिवारका अरु सदस्यको लागि प्रयोग हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org