ताजा समाचार

प्रदेश ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट सिफारिस भएपछि धामी र चौधरीको असहमति

धनगढी, २० माघ । प्रदेश ७ को मुख्यमन्त्रीमा डोटीका त्रिलोचन भट्ट सिफारिस भएपछि माओवादीभित्र विवाद सिर्जना भएको छ । प्रदेश ७ का माओवादी ईन्चार्ज लेखराज भट्टको निर्देशनमा डोटीबाट निर्वाचित त्रिलोचन भट्टलाई सिफारिस गरेपछि विवाद सिर्जना भएको छ ।मुख्यमन्त्रीका अर्का दावेदार दार्चुलाका मानबहादुर धामी र धनगढीका वीरभान चौधरीले असन्तुष्टि जनाएपछि माओवादीभित्र मुख्यमन्त्रीलाई लिएर विवाद सिर्जना भएको हो ।

एमालेसँगको भागबण्डाका क्रममा माओवादी केन्द्रको भागमा परेको प्रदेश नम्बर ७ को मुख्यमन्त्री पदमा भट्ट चोरबाटोवाट सिफारिस भएको भन्दै चौधरीले र धामीले असन्तुष्टि जनाएका छन् ।

प्रदेश नम्बर ७ का ईञ्चार्ज भट्टले त्रिलोचनलाई आफुखुसी सिफारिस गरेको भन्दै आफ्नो समर्थन धामीलाई रहेको बताएका छन् । उनले भने, प्रदेश पार्टीको लेटरप्याड नै ईञ्चार्जसँग हुन्छ, उहाँले पावरको दुरुपयोग गरि प्रदेश कमिटिको बैठक बीना नै भट्टको नाम सिफारिस गर्नुभयो । मेरो समर्थन त्रिलोचनको साटो धामीलाई हुन्छ । माओवादी केन्द्रका एक नेताले भने्, लेखराज जीले आफ्नो अधिकारको गलत प्रयोग गर्नुभयो त्यसैले हामीले यसको विरोध गरेका हौँ । हाम्रो साझा उम्मेदवार भनेका मानबहादुर धामी नै हुन् ।’

दार्चुला प्रदेशसभा ख बाट निर्वाचित सांसद् धामी माओवादी द्धन्द्धका बेला जनमुक्ति सेना कमाण्डर थिए । ‘शक्तिको दुरुपयोग गरेर मुख्यमन्त्रीको सिफारिस गर्ने काम भएपनि त्यो सिफारिस काम लाग्दैन, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका चौधरीले भने, ‘संसदीय दलमा धामीजी उठ्नुहुन्छ र जित्नुपनि हुन्छ ।’

प्रदेश कमिटीको निर्णय भन्दै शुक्रबार भट्टले डोटीबाट निर्वा्चित त्रिलोचन भट्टको नाम पार्टी हेर्डक्वार्टरमा पेश गरेका थिए । यसअघि कैलाली–३ ‘क’ बाट निर्वाचित चौधरीलाई मुख्यमन्त्री बनाउने चर्चा थियो । तर, शुक्रबार अकस्मात नेता भट्टले डोटीका त्रिलोचन भट्टको नाम १ नम्बरमा राखेर पार्टी हेडक्वार्टरमा सिफारिस गरेपछि अर्को पक्षले धामीलाई उठाउने निर्णय गरेको हो । अब माओवादीभित्र चुनावमार्फत नै मुख्यमन्त्रीको निर्णय हुने बताईएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org