ताजा समाचार

४ सय ५६ मेगावाटको तामाकोशीले २ अर्ब ६४ करोडको सेयर जारी गर्ने

काठमाडौं, २१ माघ । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले २ अर्ब ६४ करोड रुपैयाँको (२ करोड ६४ लाख कित्ता) सेयर जारी गर्ने भएको छ । कम्पनीले स्थानीयलाई १ अर्ब ५ करोड रुपैयाँ र अन्य सर्वसाधारणलाई १ अर्ब ५८ करोड रुपैयाँको सेयर दिन लागेको हो । कम्पनीले ४ सय ५६ मेगावाटको आयोजना बनाउदैछ । गत भदौंसम्ममा आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ ।

कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर यसअघि जारी गरिसकेको छ । यसअघि ऋणदाता कम्पनीको लागि सेयर जारी गरिएको थियो । हाल प्रतिमेगावाट १४ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत दर बढ्ने सम्भावना छ । हालको अन्तिम प्रक्षेपण अनुसार आयोजनाको लागत बढेर ६५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

बढ्दो व्याजदर र विनिमय दरको कारण कम्पनीको दायित्व बढेकोले लागत बढेको उल्लेख गरेको छ । हाल मुख्य कर्जाको व्याजदर १२ प्रतिशतसम्म रहेको छ । हाल कम्पनीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दुरसञ्चार प्राधिकरण, राष्ट्रिय बीमा संस्थानबाट कर्जा लिएको छ ।

४४ अर्ब ९८ करोड खर्च भइसकेको आयोजनामा ३९ अर्ब ऋणबाट लिइएको छ । भने आयोजनाबाट उत्पादित विद्युत् प्रसारण लाइनमा जोडिएसँगै सरकारले प्रतिमेगावाट ५० लाख रुपैयाँको दरमा अनुदान दिनेछ । यसबाट पनि भविष्यमा आउन सक्ने दायित्व पुरा गर्न सहयोग पुग्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org