ताजा समाचार

५ लाख नगद र १६ तोला सुनसहित एक हुण्डी कारोबारी पक्राउ

काठमाडौं, २१ माघ । हुण्डी कारोबारमा संलगन एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२१, भोटेबहालबाट हुण्डी कारोबारमा संलग्न झापा घर भइ कीर्तिपुर बस्दै आएका २५ वर्षीय आशिस कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्कीलाई ५ लाख ६५ हजार रुपैयाँ नगद र १६ तोला सुनसहित पक्राउ गरिएको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी मोहनकुमार थापाले जानकारी दिए । कार्की सवार बा ८५ प ७६५८ नम्बरको मोटरसाइकललाई चेक गर्दा उनले बोकेकोे झोलाबाट उक्त रकम र सुन बरामद गरिएको जनाइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org