ताजा समाचार

१ सय ६८ किलो लागूऔषध चरेशसहित पाँच जना पक्राउ, चरेश लुट्न खोज्दा प्रहरी फन्दामा

धादिङ, २१ माघ । ठूलो परिणाममा लागूऔषध चरेशसहित पाँच जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरी टोलीले १ सय ६८ किलो ९ सय ग्राम चरेशसहित पाँच जना पक्राउ परेका हुन् ।

वरामद गरिएको चरेश

धादिङ्ग गजुरी गाउँपालिका वडा नम्बर ५ स्थित पृथ्वी लोकमार्गको पोखरे खोला नजिकै प्रहरी टोली देख्नासाथ भाग्न खोज्ने शंकास्पद समूहको २ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सोधपुछ गर्दा लागूऔषध चरेशको कारोबारीहरूसँग पैसा उठाउन र नदिए लागूऔषध नै लुट्ने योजनाले आएको बताएका थिए ।

उनीहरुकै जानकारी अुनुसार गजुरी बजारमा चेकप्वाईन्ट राखी सवारी चेकजाच गर्दा गल्छी तर्फबाट आएको ना. ३ ख ४३२४ नम्बरको ट्रकको गियर बक्स र चालक बस्ने सिट माथी फल्स बटम बनाई राखिएको अवस्थामा १६८ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश फेला परेको हो ।

प्रहरीले ट्रक चालक र ट्रकको पछाडि शंकास्पद तरिकाले आएका २ वटा मोटरसाईकलका २ जनालाई समेत नियन्त्रणमा लिएको जनाईएको छ । ट्रक चालक र नियन्त्रणमा लिइएका अन्य चारै जनालाई पक्राउ गरी घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org