ताजा समाचार

भारतीय माओवादीद्धारा फेब्रअरी ५ मा भारत बन्दको घोषणा

एजेन्सी, २१ माघ । भारतीय माओवादीले फेब्रअरी ५ मा भारत बन्दको घोषणा गरेको छ । नेपालमा भैरहने बन्द भारतमा पनि सुरु भएको संकेत दिएको छ । भारत सरकारले आफ्ना शुभचिन्तक र कार्यकर्ताहरूमाथि क्रुर दमनको बाटो अवलम्बन गरेको भन्दै भारतीय माओवादीले बन्द आव्हान गरेको हो ।

छत्तिसगढ राज्यको नारायणपुर जिल्लामा भएको एम्बसु घटनापछि फासिवादी मोदी सरकारले माओवादीहरूका विरुद्ध अपरेसन गर्ने नाममा ग्रामीण क्षेत्रमा आतंक मच्चाइरहेको भन्दै भाकपा (माओवादी) ले फेअ्रवरी ५ तारिखमा बन्द आह्वान गरेको हो । आन्ध्र-ओडिसा स्पेसल जोनल कमिटीको आयोजनामा ‘फासिवादी दमनका विरुद्ध प्रतिरोध अभियान’ भन्दै तेलङ्गना–दण्डकारण्य बन्दको आह्वान गरेको हो ।

बन्दको तयारीको क्रममा पर्चा(पोस्टिरिङ गर्नुका साथै बहुराष्ट्रिय कम्पनीका गाडीहरू ध्वस्त पार्ने तथा जनताका विरुद्ध जासुसी गर्नेहरू, क्रान्तिका भगौडाहरूका साथै जनतालाई आतङ्कित पार्ने गुन्डा दल विरुद्धको कारबाहीलाई पनि तीव्र बनाएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org