ताजा समाचार

प्रदेश ५ को पहिलो बैठक सक्कियो, गर्यो ३ महत्वपूर्ण निर्णयहरु

भैरहवा, २१ माघ । प्रदेश ५ को पहिलो प्रदेशसभा बैठक सकिएको छ । फागुन २ गते अर्को बैठक बस्ने गरी बैठक स्थगित भएको हो । बुटवल उद्योग वाणिज्य संघको हलमा बसेको बैठकले संसदीय कार्यबिधि, सभाध्यक्षको समिति र सभामुख चयनको मिति तोकेको छ । सभामुखको निर्वाचन फागुन २ गतेलाई तोकेको छ ।

रुपन्देहीका जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गरेका छन् । प्रदेश ५ को बैठकको सुरुमा सभामुख पोखरेलले प्रदेशसभा आह्वान सम्बन्धी प्रदेश प्रमुख उमाकान्त झाको पत्र पढेर सुनाएका थिए ।

यो बैठकमा ६ वटा दल एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा र राष्ट्रिय जनमोर्चाका एक एक सदस्यले सम्बोधन गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org