ताजा समाचार

प्रदेश ६ को पहिलो बैठक पौने घण्टामै सम्पन्न, माघ २९ गते सभामुखको चुनाव

सुर्खेत, २१ माघ । प्रदेश ६ को पहिलो बैठक सम्पन्न भएको छ । पौने घण्टामै सम्पन्न भएको बैठकले माघ २९ गतेको लागि सभामुखको चुनाव मिति तोकेको छ । दिउँसो १ः८ बजेको समयमा सुरु भएको बैठक २ नबज्दै सम्पन्न भएको हो ।

जेष्ठ सदस्य हिमबहादुर शाहीले सुरु गरेको बैठक एमाले, माओवादी, कांग्रेस र राप्रपाबाट चारजना सांसदले सम्बोधन गरिसकेपछि विभिन्न प्रस्तावहरु पारित गरी सम्पन्न भएको हो । बैठकले कार्यसूचीमा रहेका सबै एजेण्डाहरु सर्बसम्मत पारित गरेको छ । कार्यसूचीमा रहेका मुख्य एजेण्डाहरु प्रदेश संसद सञ्चालन कार्यविधि र सभामुख चयनको मिति र अन्य सबै एजेण्डाहरु बैठकले सर्वसम्मत पारित गरेको सांसद ठम्मर विष्टले जानकारी दिए ।

अब २९ गते बस्ने दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुनेछ । बैठकमा एमालेबाट यामलाल कडेल, माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही, कांग्रेसबाट जीवनबहादुर शाही र राप्रपाबाट शोसीला शाहीले सम्बोधन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org