ताजा समाचार

पाकिस्तानको सैन्य शिविरमा आतंककारी आक्रमण, ११ सैन्य अधिकारीको हत्या

एजेन्सी, २१ माघ । पाकिस्तानको एक सैनिक शिविरमा आतंककारी आक्रमण हुँदा ११ सैनिकको ज्यान गएको छ । पाकिस्तानको उत्तरपश्चिमी स्वात जिल्लाको एक सैनिक शिविरमा शनिबार राति भएको आतंककारी आक्रमणमा परी ११ सैनिकको ज्यान गएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

मारिनेमा केही सैन्य उच्च अधिकारी पनि परेका छन् । उक्त सैन्य शिविरमा रातको समय पारेर आतंकारीले हमला गरेको पाकिस्तानको राष्ट्रिय सेनाले जनाएको छ । यस हमलामा परी अरु कैयौँ सैनिक गम्भीर घाइते भएका छन् ।

कैयौँ घाइतेको अवस्था अत्यन्तै गम्भीर रहेकोले मृत्यु हुनेको संख्या अरु बढ्नसक्ने जनाएको छ । उक्त आक्रमणको पाकिस्तानी तालिबानले जिम्मेवारी लिएको छ । आक्रमणमा संलग्नहरुलाई पक्राउ गर्न सकिएको छैन । उनीहरु रातको समयमा हमला गरेर भागेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org