ताजा समाचार

तीनवटा श्रीमती हुँदा पनि बुद्धि आएन्, आफ्नै छोरीमाथि बलात्कार, ५ महिनाकी गर्भवती

तेह्रथुम, २२ माघ । तेह्रथुममा एक व्यक्तिले आफ्नै छोरी बलात्कार गरेको आरोप लागेको छ । लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा एक व्यक्तिले १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा किटानी जाहेरी परेको छ ।

डर धम्की देखाउँदै पटक–पटक करणी गरेको भन्दै आमा–छोरीले वुबाविरुद्ध इलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएका छन् । गएको भदौदेखि पटक–पटक बलात्कार गरेको भन्दै बालिका र उनकी आमाले इलाका प्रहरी कार्यालय बसन्तपुरमा किटानी जाहेरी दिएको निमित्त प्रमुख कुलबहादर खड्काले जानकारी दिए ।

बलात्कारपछि १५ वर्षीया छोरी गर्भवती भएकी छिन् । छोरीको पेटमा ५ महिनाभन्दा बढी समयको गर्भ रहेको भन्दै बालिकाकी आमाले श्रीमानलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएकी हुन् । गएको भदौ महिनादेखि आफूलाई वुबाले पटक–पटक बलात्कार गरेको बालिकाले बयान दिएकी छिन् । छोरी बलात्कार गर्ने वुबाका ३ वटी श्रीमती रहेको प्रहरीले जनाएको छ ।

बालिकाकी आमाले आफू घरमा नभएको बेलामा छोरीलाई डर त्रास देखाएर श्रीमानले पटक–पटक बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । श्रीमान् पूर्वी तराइमा अर्की श्रीमतीसँग बस्दै आएको जनाईएको छ । घरमा श्रीमानको आउजाउ बढेसँगै छोरीको महिनावारी रोकिएपछि शंका लागेर सोध्दा वुबाले पटक–पटक बलात्कार गरेको छोरीले बताएको आमाको भनाई छ । बलात्कार गर्ने बाबु भने घटना सार्वजनिक भएसँगै फरार भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org