ताजा समाचार

प्रदेश ४ को सभामुखको निर्वाचन फागुन ३ मा, समृद्ध प्रदेश बनाउने सांसद्को बाँचा

पोखरा, २२ माघ । प्रदेश ४ को पहिलो प्रदेशसभा बैठकले सभामुख निर्वाचनको मिति तोकेको छ । सोमबार बसेको पहिलो प्रदेशसभा बैठकले सभामुख निर्वाचनको मिति फागुन ३ गतेलाई तोकेको छ । प्रदेशसभामा वाम गठबन्धनको प्रष्ट बहुमत छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रको भागमा परेको छ ।

प्रदेशसभाको बैठकले अन्तरिम कार्यविधि पारित गरेको छ भने सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि समिति पनि बनाएको छ । पहिलो बैठकमा बोल्ने सांसदहरुले प्रदेश ४ लाई सम्बृद्ध प्रदेश बनाउने बाचा गरेका छन् । अन्य प्रदेशहरुमा प्रदेशसभामा उपस्थित दलका एक एक जनाले बोलेका थिए तर, प्रदेश ४ मा भने ठूला तीन दलका तीनतीन सांसदले बोलेका छन् ।

बैठकलाई एमाले सांसद एवं मुख्यमन्त्रीका दाबेदार पृथ्वी सुब्बा गुरुङ, मुख्यमन्त्रीका अर्का दाबेदार सांसद किरण गुरुङ, कांग्रेस सांसद कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका हरिबहादुर चुमान, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा, नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्य लगायतका सांसद्ले मन्तव्य राखेका थिए । मन्तव्य राख्ने अधिकांश सांसद्ले समृद्ध प्रदेश बनाउने बाँचा गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org