ताजा समाचार

प्रदेश १ को मुख्यमन्त्री भीम आचार्य, शेरधन राई कि जीवन घिमिरे माघ २६ गते छिनोफानो

विराटनगर । नेकपा एमालेले प्रदेश १ को मुख्यमन्त्री छान्न निर्वाचनको मिति नै घोषणा गरेको छ । आफ्नो एकल बहुमत रहेको प्रदेश १ का लागि मुख्यमन्त्रीको उम्मदेवार छान्न माघ २६ गते निर्वाचनको मिति घोषणा गरेको छ । सोमबार बिराटनगरमा बसेको प्रदेश सचिवालयको बैठकले माघ २६ गते संसदीय दलको नेताको लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।

एमालेभित्र संसदीय दलको नेतानै मुख्यमन्त्री हुने प्रावधान रहेको छ । आजको बैठकमा सहमति नजुटेपछि निर्वाचनमा जाने निर्णय गरेको हो । प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई र भीम आचार्य मुख्य दावेदार देखिएका छन् । राई केपी ओली समूहबाट हुन् भने आचार्य झलनाथ खनाल पक्षका नेता हुन् । त्यस्तै मुख्यमन्त्रीका दाबेदारमा माधव नेपाल पक्षबाट जीवन घिमिरे पनि देखिएका छन् ।

प्रदेश १ का ९३ सांसद मध्ये एमालेका ५१ जना छन् । ५१ मध्येबाट संसदीय दलको निर्वाचनमा जसले बहुमत ल्याउँछ, उनी संसदीय दलको नेता र मुख्यमन्त्रीको उम्मदेवार बन्न पाउँछ । ५१ मध्ये केपी ओली समूहमा भन्दा माधव नेपाल पक्षमा बहुमत छ । तर, माधव नेपाल पक्षबाट जीवन घिमिरेले पनि उम्मदेवारी दिँदा शेरधनको पल्ला भारी हुने नेताहरुको दाबी छ ।

देशभरिका ७ वटा प्रदेशहरुमध्ये एमालेले प्रदेश १, ३, ४ र ५ मा मुख्यमन्त्रीको भाग पाएको छ । प्रदेश २ मा फोरमले लालबाबु राउतलाई मुख्मन्त्रीका रुपमा अघि सारिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org