ताजा समाचार

संकटकाल घोषणा गरेसँगै प्रहरीद्धारा प्रधानन्यायाधीश गिरफ्तार

काठमाडौं, २३ माघ । माल्दिभ्स प्रहरीले देशका प्रधानन्यायाधीशलाई पक्राउ गरेको छ । देशमा राजनीतिक संकट चुलिँदै गएका बेला प्रहरीले प्रधानन्यायधीश अब्दुल्लाह साइदलाई नियन्त्रणमा लिएको हो । सरकारले संकटकाल घोषणा गरेको केही घण्टामा प्रधानन्यायाधीश साइद र अर्का न्यायाधीश अलि हामिद पक्राउमा परेको त्यहाँको सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरूमाथि लगाइएको अभियोगबारे भने हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन् । अदालतले गत साता राजनीतिक बन्दीहरूलाई रिहा गर्न दिएको आदेश मान्न राष्ट्रपति अब्दुल्लाह यामिनले अस्वीकार गरेपछि पछिल्लो संकटको स्थिति उत्पन्न भएको हो । त्यहाँका विपक्षीहरूले सरकारको कदम सफाया गर्ने खालको भएको बताएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषदले विश्वको आँखा माल्दिभ्समा रहेको भन्दै त्यहाँको सरकार र सेनालाई कानूनी शासनको सम्मान गर्न आह्वान गरेको छ। राष्ट्रपति यामिनले सर्वोच्च अदालतले गत महिना राजनीतिक बन्दीहरूलाई रिहा गर्न र त्यहाँको विपक्षी सांसदहरूलाई पुनर्स्थापित गर्न दिएको आदेशको अवज्ञा गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org