ताजा समाचार

शेयरबजार लगातार घट्दै, मंगलरबार ६ अंकले घट्दा कारोबार २४ करोडमा खुम्चियो

काठमाडौं, २३ माघ । मंगलबार शेयरबजार परिसुचक नेप्से ६ अंकले घटेको छ । सोमबार १० दशमलव ४६ अंकले घटेको नेप्से मंगलबार ६ दशमलव ०२ अंकले घटेर १३ सय ९४ विन्दुमा आइपुगेको हो ।

नेप्से लगातार घट्न थालेपछि कारोबार रकम पनि घट्न थालेको छ । सोमबार ३० करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएकोमा मंगलबार २४ करोड २० लाख रुपैयाँको मात्र शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सबै समूहको परिसुचक ओरालो लागेको दिन मंगलबार सबैभन्दा धेरै बीमा समूह ३० दशमलव १८, जलविद्युत २२ दशमलव ५४, लघुवित्त ७ दशमलव ५५, होटल ६ दशमलव ८७ अंकले घटेको छ ।

बजार घटे पनि सिन्धु विकास बैंकका लगानीकर्ताले भने मंगलबार झण्डै साढे ४ प्रतिशत कमाएका छन् । कर्णाली विकास बैंकका लागानीकर्ताले ४ दशमलव ६ प्रतिशत गुमाएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org